प्रतिनिधिसभा बैठक : सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय « Khabarhub

प्रतिनिधिसभा बैठक : सांसदले उठाए गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गराएका हुन् । 

बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाए ।

सांसद खगराज अधिकारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले कसरी समस्या समाधान गर्न सक्छ भनी सरकारसँग जवाफ माग गरे । उनले अघिल्लो सरकारले मुलुकभर एक सय ६५ निर्वाचन क्षेत्रमा अघि बढाएका सडक आयोजनाका लागि वर्तमान सरकारले बजेट निकासा नगरेको आरोप लगाए । 

सांसद डा सूर्य पाठकले दोस्रो विश्व युद्धताका बर्मा, थाइल्याण्ड, मलेसियालगायत विभिन्न मुलुक पुगेका थातथलो नेपालमै भएका नेपालीहरू (पिपुल्स अफ ओरिजिन नेपाल) लाई गैरआवासीय नेपालीलाई प्रदान गरिने जस्तै परिचय पत्र प्रदान गर्न सुझाव दिए । सांसद हितबहादुर तामाङले संविधानअनुसार सबै जातजाति, भाषाभाषीले आफ्नो भाषा प्रयोग गर्न पाउने गरी व्यवस्था गर्न सरकारसँग माग गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ११ बजे

‘१०० दिनमै सरकार उम्लियो, पाँच वर्षसम्ममा पोखिन्छ’

काठमाडौं– प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते नेपालले

‘सञ्चारसम्बन्धी कानुन, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताबारे राष्ट्रिय बहसको आवश्यकता’

काठमाडौं– नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले सञ्चारसम्बन्धी कानुन, प्रेस

सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं– आर्थिक वर्ष २०६१/६२ देखि निर्माण सुरु भएको सिक्टा सिँचाइ

विश्वकपमा गुलाबीको बुटको फेसन

काठमाडौं – जारी फिफा विश्वकप एउटा नयाँ ट्रेन्डले चर्चा पाएको

कर्णाली दुर्घटना : सोनार क्यामरा र चुम्बकसहित १० गोताखोरबाट खोजी सुरु

दैलेख- सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा कर्णाली राजमार्गको दैलेखस्थित चामुण्डा बिन्द्रासैनी