प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य « Khabarhub

प्रधानमन्त्रीका लागि राजकुमारी अयोग्य


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– निर्वाचन आयोगले थाइल्याण्डकी राजकुमारी  उबोल्राताना माहिडोलको प्रधानमन्त्रीको उम्मेदवारी अयोग्य ठहर गरेकाे छ ।

थाइल्याण्डका राजा वाजिरालङ्कोर्नले आफ्नी दिदीले आउँदो चुनावमा प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा गर्ने जनाएपछि त्यसको भर्त्सना गरेका थिए । राजाको असन्तुष्टिपछि थाइल्याण्डको निर्वाचन आयोगले राजकुमारीलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । राजाको असन्तुष्टिपछि राजकुमारी प्रधानमन्त्री बन्ने धोको अधुरै रहने भएको छ ।

राजकुमारीलाई प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेको पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले  पनि अब उनलाई उम्मेदवार नबनाउने निर्णय गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । थाइल्याण्डमा आउँदो मार्चमा चुनाव हुँदैछ ।

यसअघि ६७ वर्षकी उबोल्रातानालाई पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राको पार्टीले भावी प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको थियो । राज परिवारको सदस्यले प्रधानमन्त्रीका लागि दाबेदारी दिनु अनुचित रहेको राजा वाजिरालङ्कोर्नले उल्लेख गरेका थिए । राजाले दिदीको कदमले देशको सँस्कृतिको अवमूल्यन हुने बताएपछि निर्वाचन आयोगले पनि राजकुमारीकाे उम्मदवारीको कदम अयोग्य सावित गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ९ : ३३ बजे

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

मुलुकको नेतृत्व फेरि कम्युनिष्टको हातमा आउँछ : वर्षमान

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले मुलुकले

युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसी संसदीय निर्वाचन

काठमाडौं- रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई