जबरालाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती « Khabarhub

महाअभियोग प्रकरण

जबरालाई आरोप पुष्टि गर्न पूर्वन्यायाधीश फोरमको चुनौती


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वन्यायाधीश फोरममा आबद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आबद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको सन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

आफूमाथि लगाएको महाअभियोगको आरोप पत्रका सम्बन्धमा सफाइ पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दाबी गरेका छन् । न्यायालयको शुद्धि र सुदृढीकरणका लागि आफ्नो अनुभव ज्ञान र दक्षताको योगदान पुयाउने उद्देश्यले कानुन बमोजिम दर्ता भई कार्यरत संस्थामा आबद्ध पूर्व न्यायाधीशहरूको मर्यादामा भ्रम फैलिने गरी उनले बयान दिएको आरोप छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निलम्बित प्रधान न्यायाधीशको बयानप्रति पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ। साथै, पूर्व न्यायाधीश फोरमसँग आबद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागबन्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौती छ।’

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ३६ बजे

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्

बैतडीमा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

बैतडी– जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन  नगरपालिका–८ साडीघाटीमा जिप दुर्घटना