पाकिस्तानमा बाढी : थप ५४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी : थप ५४ जनाको मृत्यु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र ५४ जनाको ज्यान गएको छ । साथै बाढीमा परेर हालसम्म अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ ।

बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८१ जनाको बाढीबाट ज्यान गएको बताइएको छ । त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जनाएको छ ।

एनडिएमएले प्रकाशन गरेको एक तथ्याङ्कमा यसबारे जानकारी दिइएको हो । पछिल्लो २४ घण्टामा बाढीमा परेर ५४ जनाको ज्यान गएको र अरु छ जना घाइते भएका सो संस्थाले जनाएको छ ।

बाढीबाट सबैभन्दा बढी पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध प्रभावित भएको छ । सिन्धमा मात्र थप ४४ जनाको ज्यान गएको हो । तीमध्ये अधिकांश बालबालिका र महिला परेका बताइएको छ ।

यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौँ नागरिक घरविहीन भएर आश्रय लिइरहेका छन् ।

उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा पनि बाढीले असर गरेको छ । सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिल्गिट र बाल्टिस्तान क्षेत्रहरु बाढीको चपेटमा परेका छन् ।

बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीहरुले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ४५ बजे

रास्वपा सरकारको बजेटले नतिजा दिन सक्दैन : वर्षमान 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन

अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु

सिड्नी- पश्चिमी अष्ट्रेलियाको दक्षिणी तटमा शनिबार सार्कले आक्रमण गर्दा एक

रसुवामा ‘लाङटाङ ट्रेल रन’ प्रतियोगिता

रसुवा– हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धन तथा लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान

देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री 

धादिङ– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक

विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन

एजेन्सी– हालै सार्वजनिक एक अध्ययनले विश्वभरका साना जलाशयहरूको पानी भण्डारण