ठूलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा « Khabarhub

ठूलोसिरुबारी बन्यो जिल्लाकै पहिलो बालमैत्री वडा


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ सिरुबारीलाई जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा गरिएको छ । ५८औँ राष्ट्रिय बाल दिवसको अवसरमा बुधवार उक्त वडालाई बालमैत्री वडा  घोषणा गरिएको हो ।

विभिन्न ५१ वटा सूचक पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको वडाध्यक्ष रामप्रसाद गौतमले बताए  । सबै सूचकमा न्यूनतम ८० वा त्यो भन्दामाथि अंक प्राप्त गरेपछि बालमैत्री वडा घोषणा गरिएको उल्लेख छ ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा ०७६ काे उद्देश्यअनुसार उक्त वडा बालमैत्री घोषणा भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/८९ मा पनि नगरका कम्तीमा दुई वडा बालमैत्री वडा घोषणा गर्ने योजनाअनुसार १३ नम्बर वडा पहिलो भएको हो । ०७६ पछि बालबालिकामा हुने कुनै पनि प्रकारको अमानवीय घटना देखा नपरेको वडाको तथ्याङ्क छ ।

वडा बाल संरक्षण समितिका अनुसार वडामा बालविवाहमा न्यूनीकरण तथा आर्थिक वर्ष २०७८/०७९ मा कुनै पनि बालविवाहको घटना भएका छैनन् । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले बालमैत्री वडा घाेषणा गरेका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : १८ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय