दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात « Khabarhub

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दार्चुला-  यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ ।

घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पुर्‍याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो ।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ । बङ्गाबगरलास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ५३ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको