भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित « Khabarhub

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा कोरोना भाइरस न्यूनिकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाइरहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन् । मृतकको सङ्ख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ५४ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको