समानुपातिक उम्मेदवार छान्न कांग्रेसद्वारा मापदण्ड तय | Khabarhub Khabarhub

समानुपातिक उम्मेदवार छान्न कांग्रेसद्वारा मापदण्ड तय


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । 

गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए ।

प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएरसमेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको हो ।

त्यस्तै, २०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।

त्यस्तै, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ । संसदीय समिति २५ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले समितिलाई पूर्णता दिन सकेका छैनन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ०५ बजे

दुई अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन

गृह प्रदेशमा भीम रावल : बालेनसँग सहकार्यको चहाना, रविबारे बोल्न मानेनन्

धनगढी- नेकपा एमालेबाट निष्कासित भएका डा. भीम रावलले सबै देशभक्तलाई

बेसनको पिठोले हटाउँछ अनुहारको दाग, यसरी बनाउनुस् फेसप्याक

काठमाडौं– हरेक मानिसमा सुन्दर देखिने चाहना हुन्छ । यो स्वाभाविक पनि

नयाँ नम्बरबाट फोन आउँछ ? साइबर ब्यूरो भन्छ-सावधान रहनुस्

काठमाडौं– तपाईँलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ

राष्ट्रपतिले गरे काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको निरीक्षण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्ग (फाष्ट ट्रयाक)