सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा बयान दिन नजाने « Khabarhub

सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा बयान दिन नजाने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतका न्यायाधीशहरुले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको फुल कोर्टको बैठकले यस्तो निर्णय गरेको हो ।

महाभियोग सिफारिस समितिले चोलेन्द्रले आरोप लगाएका दलका नेताबाहेकलाई बयान लिनका लागि पत्र पठाएकै भोलिपल्ट न्यायाधीशहरूले आफूहरूले जान नमिल्ने निर्णय गरेका हुन् ।

महाभियोगसम्बन्धी कारवाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवालजवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अङ्गिकार गरेका मान्यताहरू समेतका कुनै पनि दृष्टिले संविधानसम्मत् उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही व्यहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने निर्णय बैठकले गरेको हो ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ५० बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको