दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

आज दिनभर सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा नजाने, दुईवटै नाका सञ्चालन गर्न चीन तयार, दुई विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो, बाल दिवस मनाइयो, डेंगु संक्रमितको संख्या ११ हजार नाघ्योलगायतका समाचारले प्रमुख स्थान पाए ।

अडियो सुन्नुहोस्-

सर्वोच्चका न्यायाधीशहरु महाभियोग सिफारिस समितिमा नजाने

सर्वोच्च अदालततका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन् । सर्वोच्चमा आज बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका न्यायाधीशहरूलाई भोलि विहान साढे ८ बजे बैठकलागि बोलाइएको थियो । सोही सम्बन्धमा समितिलाई पत्र लेख्दै अदालतको पूर्ण बैठककबाट उपस्थित हुन नमिल्ने जानकारी गराएको हो । यसैबीचपूर्वन्यायाधीश फोरम, नेपालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा पूर्व न्यायधिशहरुमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ । . काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै फोरमले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरूले निलम्बित प्रधानन्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलीयत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न पनि चूनौति दिएको छ । महाअभियोगमा उठाइएका विषयहरुको छानबिन न्यायीक प्रक्रिया बमोजिम गर्नुपर्ने हुँदा समय अपुग भए अर्को संसद्ले समेत स्वामित्व ग्रहण गर्नुपर्ने फोरमका अध्यक्ष टोपबहादुर सिंहले बताए । उनले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध प्रारम्भ भएको महाअभियोगको कारबाही फौजदारी अभियोगको विषयवस्तु भएको बताए ।

नेपालसँगको दुईवटै नाका सञ्चालन गर्न चीन तयार

नेपालसँगको दुईवटै नाका सञ्चालन गर्न चीन तयार भएको छ ।नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्कालैदेखि सञ्चालन हुने जानकारी गराएका हुन । भेटमा अध्यक्ष लीले विश्व शान्ति, चीनसँगको मित्रतापूर्ण सम्बन्धलाई निरन्तरता दिएको र एक चीन नीतिप्रति प्रतिवद्धता व्यक्त गरेकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए । लीले राष्ट्रपति भण्डारीको नेतृत्वमा नेपाली महिलाहरुको सहभागितासहितको राजनीतिक प्रणाली बनेको भन्दै प्रशंसा गरे । राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको भन्दै नेपालको विकासमा चीनले गरेको सहयोगका लागि धन्यवाद दिइन ।

निर्वाचन आयोग

निर्वाचन आयोगले आगामी निर्वाचनको नयाँ कार्यकालका लागि समानुपातिक सुची तयार गर्दा पुरानो सूची स्वत निष्कृय हुनेगरि प्रक्रिया अघि बढाउने जनाएको छ । बिभिन्न दलका प्रतिनिधिहरुसंगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातीकको नयाँ बन्द सूची आएपछि यसअघिको सूची स्वत निष्कृय हुनेगरि कुनै न कुनै प्रक्रिया अपनाउनुपर्नेमा एकमत रहेको बताए । आयोगले निर्वाचन आयोग ऐन २०७३ को दर्ता ४९ प्रयोग गरेर यसलाई उपयुक्त निकास दिने जानकारी दिए ।समानुपातिकको नयाँ प्रक्रिया प्रारम्भ हुनुअघि नै पुराना उम्मेदवारीहरुलाई स्वत रद्द हुने उनको भनाई छ । छलफलपछि कांग्रेस नेता जीवन परियारले यसअघिको निर्वाचनका लागि बन्द सूचीमा भएका नामहरुको बारेमा के गर्ने भन्ने छलफल भएको र नयाँ बन्दसूची बुझाउनुअघि नै पुरानो बन्दसुची निष्कृय भएको सूचना जारी गर्ने बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले समानुपातीकको बन्द सूचीको प्रक्रिया सुरु हुने अघि नै यसअघिको बन्द सूची निष्कृय गर्ने बिषयमा सहमति भएको बताए ।आयोगले आगामी निर्वाचनका लागि आचारसंहितामा केहि परिमार्जन गर्ने तयारी गरेको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुदैछ ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको केन्द्रीय संसदीय समितिको बैठकले उम्मेदवार चयन गर्ने मापदण्ड तय गरेको हो । गठबन्धनमा सिट बाँडफाँटको छलफल चलिरहे पनि समानुपातिकतर्फ बन्दसूची बुझाउने म्याद नजिकिँदा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न संसदीय समितिको बैठक बोलाएका थिए । बैठकमा संसदीय समितिमा सदस्य नरहेका नेता शेखर कोइरालासहित केन्द्रीय सदस्यहरूलाई समेत आमन्त्रण गरिएको थियो । बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए।स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।

माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका छन । काठमाडौंमा आज समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रमका बोल्दै नेपालले निर्वाचन नजिकिदै गर्दा टिकट माग्न आउनेको संख्या बढ्दै गएको र टिकट व्यवस्थापनमा कठिनाई भएको बताए । अध्यक्ष नेपालले अहिले सहकारी क्षेत्रमा देखिएका समस्यालाई पनि समाधान गर्ने गरि मुलुकको हितमा काम गर्न समाजवादी सहकारी संगठनलाई सुझाव दिए ।

प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले १५औं पञ्चवर्षीय योजनालाई कार्यान्वयन गर्न पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताएका छन । काठमाडौंमा लगानी बोर्डले आज आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले १५ औँ योजनामा दिगो र हरित पूर्वाधार निर्माणमा खर्च गर्ने योजना बनाएको र अर्थतन्त्रको संरचनात्मक सुधारका लागि स्वदेशी, विदेशी र सरकारका तर्फबाट थप लगानी गर्न आवश्यक भएको बताए ।उनले कोभिड महामारीका कारण दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब अमेरिकी डलर आवश्यक रहेको भन्दै २०२६ सम्म विकासशील राष्ट्रमा स्तरोन्नति गरी आर्थिक विकासमा सुधार गर्ने योजना रहेको पनि बताए ।

मानवअधिकार समिति

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताएका छन । सिंहदरबारमा आज बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानूनी भन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विना पूर्वाग्रह संक्रमणकालिन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउनुपर्ने बताएका हुन ।संक्रमणकालिन न्यायसम्बन्धी बिषयमा सवैको चिन्ता र चासोको बिषय भएको र यसमा कोहि पक्ष र बिपक्ष हुन जरुरी नभएको बताए । त्यस्तै एमाले सांसद सुवास नेम्वाङले पिडित र पीडकको बिचमा मेलमिलाप र गम्भीर उलंघनमा बिषयमा प्रक्रियाबाटै संक्रमणकालिन न्यायलाई टुङ्गो लगाउनुपर्ने बिषय महत्वपूर्ण रहेको भन्दै बिधेयकमा रहेका बिषयवस्तुलाई निर्विवाद ढंगले अन्तिम रुप दिनुपर्ने बताए । समितिले संसदको यहि कार्यकालमा नै सो बिधेयक पेश गर्ने गरि सहमतिको प्रयास गरिरहेको छ । विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ ।

दुई विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

राष्ट्रियसभाको बैठकले ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले सो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । ती विधेयकलाई विधायन समितिमा पठाउनेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति डा बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरेका थिए ।

बाल दिवस मनाइयो

५८ औं राष्ट्रिय बाल दिवस, बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा बिशेष कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालअधिकार स्थापीत गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

सुनसरीको धरान उपमहानगरपालिका

सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित टोडकेमा एक वृद्ध महिलाको लुटेराले हत्या गरेको छ। लुटेराको समूहले स्थानीय६५ वर्षीया पूर्णिामाया राईको सुन र नगद लुटेर हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या गरिएकी राई घरमा एक्लै बस्ने गरेको र घाँटीमा र कानमा सुनका गहना लगाउने गरेका कारण लुटेराहरुले हत्या गरेको हुनसक्ने प्रहरीले आंशका गरेको छ । घटनाको स्थलगत मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको छ । हत्यारालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

मुस्ताङको थासाङ गाउँपालिका

मुस्ताङको थासाङ गाउँपालिका–४ तल्लो घाँसामा मालबाहक ट्रक दुर्घटना हुँदा चालकको मत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु सल्लेरीकाकुमार तामाङ रहेका छन् । मुस्ताङबाट स्याउ बोकेर पोखराका लागि छुटेको ग १ ख ४१७७ नम्बरको ट्रक आज दिउँसो ३ बजे बेनी–जोमसोम सडकको घाँसास्थित ओरालोमा ब्रेक फेल हुँदा भित्तामा ठोक्किएर सडकमा पल्टिँदा चालकको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।

डेंगु संक्रमितको संख्या ११ हजार नाघ्यो

नेपालमा डेंगु संक्रमितको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ । मन्त्रालयले . आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७७ जिल्लामा डेंगु फैलिएको छ । जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

कोरोना अपडेट

नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परिक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परिक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रसुवागढी नाका भोलिदेखि सञ्चालनमा

कोरोना भाइरस (कोभिड–१९)का कारण बन्द रहेको रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराए लगत्तै रसुवागी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । यता, तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल कायमै रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

शेयरबजार परिसुचक नेप्से आज पनि उकालो लाग्यो

शेयरबजार परिसुचक नेप्से आज पनि उकालो लागेको छ । नेप्से आज ४७ दशमलव ४४ अंकले उकालो लागेर एक हजार नौ सय ८१ दशमलव ४८ विन्दुमा पुगेको हो । सबै समूहको शेयर बढेकोमा फाइनान्स, विकास बैंक, माइक्रो फाइनान्स र उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि वुद्धी भएको छ । दुई सय २७ वटा कम्पनीका ४६ लाख १८ हजार ५ सय १६ कित्ता शेयर एक अर्ब ४५ करोड ३८ लाख २४ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको शेयर झण्डै साढे आठ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ०७ बजे

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता

किभ – अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

एसीसी यु-१६ : सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

सूर्यवंशीको विस्फोटक पारीमा इंग्ल्यान्डमाथि भारत विजयी: ३१ बलमा ८६ रन

काठमाडौं – वैभव सूर्यवंशीले ३१ बलमा ८६ रन प्रहार गरेपछि

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय