लागूऔषधसहित लमजुङमा दुई युवा पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित लमजुङमा दुई युवा पक्राउ


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लमजुङ प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । नारायणगढबाट बेंसीसहरतर्फ आउँदै गरेको माइक्रो बसमा १ सय ४१ एम्पुल लागूऔषधसहित ती युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रकाश श्रीमलका अनुसार सुन्दरबजार नगरपालिका ७ मा पर्ने लमजुङ प्रवेश गर्ने मुख्य नाका पाउँदीबाट बेसीसहर नगरपालिका १० का २१ वर्षीय सुमन तामाङ र मर्स्याङ्दी गाउँपालिका ८ का २३ वर्षीय दीपक गुरुङलाई पक्राउ गरेको हो ।

नारायणगढबाट बेंसीसहर आउँदै गरेका उनीहरू शंकास्पद देखिएपछि प्रहरीले खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट डाइजेपाम एम्पुल–४७, फेनरगन एम्पुल–४७ र नुफिन एम्पुल–४७ गरी कूल १४१ एम्पुल लागूऔषध र ४ थान सिरिन्ज बरामद गरिएको प्रहरीले बताएको छ ।

पक्राउमा परेका सुमन तामाङ र दीपक गुरुङ उपर बुधबार लमजुङ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा–१४ को उपदफा–१ (झ) बमोजिम लागूऔषध कारोबार गर्नेलाई दुई वर्षदेखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ४६ बजे

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

झापा – जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयको भवन

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा चन्द्रपाल नियुक्त

काठमाडौं – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका

भारत जाने महिला क्रिकेट टिमको घोषणा : बर्माको कप्तानीमा को को परे १५ खेलाडी ?

काठमाडौं – भारतमा हुने मैत्रीपूर्ण क्रिकेट शृङ्खला खेल्ने नेपाली महिला

दिल्ली कार विस्फोटः सबै सिसी क्यामेरा जाँच गर्न आदेश

नयाँदिल्ली – भारत सरकारका संघीय गृहमन्त्री अमित शाहले सोमबार साँझ

महागुरु फाल्गुनन्दको १४१ औँ जयन्ती मनाइँदै

काठमाडौं – किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध