सेञ्चुरी बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता | Khabarhub Khabarhub

सेञ्चुरी बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता भएको छ । नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । 

उक्त सम्झौतासंगै बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ्गप्रयोगकर्ताहरु, ग्रहहरू तथा बैकका कर्मचारीले एनपिआइ नारायणी सामुदायिक अस्पताल, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट पाउने भएका छन् ।  

एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाप्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरेका छन् । 

साथै भरतपुर–१०, स्थित सिराइचुली होटेलमा फुड एण्ड बेभरेजमा १०%एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का सिराइचुली होटेलका तर्फबाट रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गरेका हुन् । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचो, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १२ : ५४ बजे

आज १३६औँ श्रमिक दिवस मनाइँदै

काठमाडौं– आज मे १ अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध

काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र युक्रेनले गरे खनिज सम्झौता

वाशिंटन – अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ। लामो समयको

पञ्जाबसँग पराजित भएसँगै चेन्नई आईपीएलबाट बाहिरियो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय