सेञ्चुरी बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता « Khabarhub

सेञ्चुरी बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक, एनपिआइ नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलबीच सम्झौता भएको छ । नारायणगढ शाखा, लायन्स चोक र भरतपुर–१० स्थित एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेड तथा सिराइचुली होटेलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । 

उक्त सम्झौतासंगै बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ्गप्रयोगकर्ताहरु, ग्रहहरू तथा बैकका कर्मचारीले एनपिआइ नारायणी सामुदायिक अस्पताल, नारायणगढ तथा सिराइचुली होटल, नारायणगढमा छुट पाउने भएका छन् ।  

एनपिआइ नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखाप्रमुख भेषराज खड्का र एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडका तर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरेका छन् । 

साथै भरतपुर–१०, स्थित सिराइचुली होटेलमा फुड एण्ड बेभरेजमा १०%एकोमोडेशन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का सिराइचुली होटेलका तर्फबाट रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गरेका हुन् । 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चितवन जिल्लामा ६ वटा शाखाहरु – नारायणगढ लायन्सचो, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानी बाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १२ : ५४ बजे

किष्ट हस्पिटलमा कलेजोको १५ औं शल्यक्रिया सफल

काठमाडौं– किष्ट टिचिङ हस्पिटलले, ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा

सुकुम्वासी बस्तीमा राजनीतिकरण हुने सुइँको पाएपछि अगाडि बढेका थिए रवि-बालेन

काठमाडौं– धमाधम संसद् रोकेर अध्यादेश ल्याइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले

संसद् छल्दै शक्तिशाली सरकार, अध्यादेश मोहले हुन थाल्यो बालेनको आलोचना

काठमाडौं- बोलाइसकेको संसद् बैठक पनि राख्दै नराखी रातारात स्थगित गरेको

सुरु भयो निजामती कर्मचारीलाई १५ दिनमा तलब दिन 

काठमाडौं– सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ

निजी क्षेत्रलाई प्रोत्साहन र प्रवर्द्धन नगरे राष्ट्रिय पुँजीको विकास असम्भव : मुख्यमन्त्री कार्की

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले निजी क्षेत्रलाई प्रोत्साहन