‘नेपाली नगए ‘अग्निपथ’ योजनामा अरु देशले कोटा पाउँछन्’ « Khabarhub

‘नेपाली नगए ‘अग्निपथ’ योजनामा अरु देशले कोटा पाउँछन्’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए उक्त कोटा कटौती हुने बताएका छन्।

बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा नेपाल सरकारले निर्णय नगरे अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ।

हालै मात्र नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गरेका पाण्डेले नेपाल सरकारले मंसिर ४ को आमनिर्वाचन अघि कुनै निर्णय गर्ने सम्भावना नरहेको पनि उनले बताएका छन् । उनले भनेका छन्,‘त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ।’

आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेले बताए। केही वर्ष भारतले वार्षिक ४ हजारको हाराहारीमा नेपालीलाई गर्ति गरे पनि त्यो संख्या घटाएर १५ सयमा झारेको थियो।

नेपाल सरकारले भने सैनिक भर्तीका विषयमा राजनीतिक दलहरूबीच छलफल गरेर मात्र आफ्नो राय दिने जानकारी भारतीय पक्षलाई दिइसकेको छ। नेपाल सरकारले आन्तरिक गृहकार्य गर्नुपर्ने भनेपछि भदौ ९ मा बुटवल र भदौ १६ मा धरानमा हुने भनिएको गोर्खा सैनिक भर्ती प्रक्रिया स्थगित गरिएको थियो।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १ : ०४ बजे

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः

बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन सम्झौता

काठमाडौं– काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ