महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित « Khabarhub

महाअभियोग सिफारिस समिति बैठक ३ बजेसम्मका लागि स्थगित


३० भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महाअभियोग सिफारिस समितिको बैठक बिहीबार दिउँसो ३ गतेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बोलाइएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो । तर, कोही पनि उपस्थित नभएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले महाअभियोग सिफारिस समितिको बैठकमा उपस्थित नहुने बताइसकेका छन् ।

त्यसैगरी पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले पनि समिति बैठकमा बयानका लागि उपस्थित नहुने घोषणा गरेका छन् । सोही कारण अबको बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न समिति बैठक पर सारिएको एक सदस्यले जानकारी दिए ।

बुधबारको समिति बैठकले जबराले मुछेका नामहरूमध्ये राजनीतिज्ञबाहेक न्यायाधीश र वकिललाई समितिमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  २ : ३० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया