चार पूर्वप्रधानन्यायाधीश महाअभियोग सिफारिस समितिको बैठकमा नजाने « Khabarhub

चार पूर्वप्रधानन्यायाधीश महाअभियोग सिफारिस समितिको बैठकमा नजाने


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बयानका क्रममा नाम लिएका चार पूर्वप्रधानन्यायाधीशले महाअभियोग सिफारिस समितिको बैठकमा नजाने निर्णय गरेका छन्।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई आत्मसात् गर्दै बैठकमा नजाने निर्णय गरेका हुन्।

“हामीले आपसमा बसेर नजाने निर्णय गर्‍यौँ, हामीले दिनुपर्ने सुझाव पहिला नै दिइसकेको छौँ”, पूर्वप्रधानन्यायाधीश रायमाझीले भने, “पदीय मर्यादा र स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुसार हामी सहभागी हुन ठिक छैन भन्ने निर्णय गर्‍यौँ, त्यो निर्णयको पत्र समितिमा पठाएका छौँ ।” उनले पूर्वप्रधानन्यायाधीशहरूबीच छलफल गरी नजाने निर्णय गरिएको पत्रसमेत  समितिमा पठाइसकेको जानकारी दिए।

समितिको बुधबार बसेको बैठकले पूर्वप्रधानन्यायाधीश र वहालवाला न्यायाधीशलाई निलम्बित प्रधानन्यायाधीश राणाको बयानका आधारमा अनुसन्धानका लागि बोलाउने निर्णय गर्दै पत्र पठाएको थियो । चार पूर्व प्रधानन्यायाधीशले निलम्बित प्रधानन्यायाधीश राणाविरुद्ध सर्वोच्च अदालतमा आन्दोलन हुँदा विज्ञप्ति प्रकाशन गरेर आफ्ना धारणा व्यक्त गरेका थिए ।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले वहालवाला न्यायाधीश सिफारिस समितिको बैठकमा जान नमिल्ने पत्र समितिलाई पठाएको छ । सोही कारण समितिको आज बिहान ८ः३० बजे बस्ने भनिएको बैठक अहिले ३ बजेसम्मका लागि सारिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  २ : ५३ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट