जंगली जनावरको आतंक, बाली जोगाउनै समस्या « Khabarhub

जंगली जनावरको आतंक, बाली जोगाउनै समस्या


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बेदकोट- महाकालीपारि दोधारा चाँदनी नगरपालिका-१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेका छन्। उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जंगली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उनका मनमा चिन्ता पलाएको छ ।

उनको जमिन नेपाल/भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जंगल छ । सोही जंगल भएर आउने जनावरबाट बाली जोगाउन अचेल उनी दिनरात टिन ठटाउने र होहल्ला गरेर जनावर धपाउनमा व्यस्त छिन् ।

वर्षौँदेखि जंगली जनावरको समस्या झेल्दै आएको हरिना गुनासो गछिन् ‘बाँदर, बँदेलको समस्या बढी छ, खेती जोगाउन रात दिन जाग्राम बस्नुपर्छ’, उनले भनिन्, ‘त्यसो गर्दा पनि बाली जोगाउन सक्दैनौँ ।’

हरिनाको जस्तै जंगली जनावरकोे दुःख जंगलसँग जोडिएका दोधारा चाँदनीका अधिकांश किसानले भोग्नुपरेको छ । स्थानीयलाई जंगली जनावरबाट बाली जोगाउन हम्मेहम्मे परेको छ । 

मेहेनत गरेर लगाएको खेती भित्र्याउने समयमा  जंगली जनावरले खाएर सखाप पार्ने गरेको हरिना बताउँछिन् । ‘हरेक वर्ष खेतमा बाली लागेको देख्छौँ, तर कहिल्यै खेती घर भित्र्याउन पाएका छैनौँ’, उनले भनिन् , ‘कहिले बाँदर, कहिले बँदेलले खाएर सकाउँछ, जीविकोपार्जनका लागि खाद्यान्न किन्नुपर्ने हुन्छ ।’

वर्षौँदेखि जंगली जनावरको समस्या भोग्दै आए पनि अहिलेसम्म समस्याको दिगो समाधान हुन नसकेको दोधारा चाँदनी नगरपालिका–१ कै जग्गु धामीको गुनासो छ । ‘नेताहरू आउँछन्, समस्या समाधान गर्ने आश्वासन दिनुहुन्छ’, उनले भनिन्, ‘अहिले पनि जंगली जनावरको समस्या ज्यूँका त्यूँ छ ।’

जंगली जनावरबाट हुने क्षति न्यूनीकरण गर्न विद्युत् तार लगाउनुपर्ने किसानहरूको माग छ । ‘ जंगली जनावरले धेरै दुःख दिएको छ, १९ कठ्ठा जमिनमा लगाएको खेती अहिलेसम्म भित्र्याउन पाएको छैन’, नरेन्द्र चन्दले भने, ‘करेन्ट तार राखियो भने केही हदसम्म जनावरलाई खेतमा आउनबाट रोक्न सकिन्थ्यो ।’

जंगली जनावर नियन्त्रण गर्नका लागि नगरपालिकाले बजेट विनियोजन गरेकोे दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बू बताउँछन्। ‘हात्ती, बाँदर, बँदेलबाट हुने क्षति रोक्न विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर काम गरिरहेका छौँ, प्रभावित टोलहरूमा जनावर धपाउन पटाका दिएका छौँ’, उनले भने, ‘खेतमा उज्यालोका लागि सोलार वितरण गरेका छौँ, यद्यपि अझै जनावर नियन्त्रण गर्न सकिएको छैन ।’

मेसिन बिग्रिएकाले विजुली तार जोड्न नसकिएको उनको भनाइ छ । नगरप्रमुख लिम्बूले भने, ‘मेसिन बिग्रिएकाले करेन्ट तार राख्न सकेका छैनौँ, मर्मत गरेर तार छोड्छौँ ।’

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  २ : ४५ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट