प्रमाणित सूचना नागरिकसम्म पुर्‍याउनुपर्छ : कानुनमन्त्री शर्मा « Khabarhub

प्रमाणित सूचना नागरिकसम्म पुर्‍याउनुपर्छ : कानुनमन्त्री शर्मा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उनले तस्वीरले प्रमाणित सूचना दिने बताए ।

पहिले-पहिले खिचेका तस्वीरको दस्तावेजीकरण गर्दै त्यसै कामलाई परिस्कृत ढङ्गले अहिले तस्वीर लिने गरेको जनाउँदै उनले तस्वीरले यथार्थ समाचार दिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिजएना अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, नेकपा (एमाले) चितवनका सचिव प्रकाश खनाल, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आज बन्दसत्र गरी शुक्रबार बिहान नयाँ कार्यसमिति चयन गरेर महाधिवेशन सम्पन्न हुँदै छ । उद्घाटनसत्र हुनुअघि सौराहामा प्रभातफेरीको आयोजना गरिएको थियो । महाधिवेशनमा चार सय हाराहारी  प्रतिनिधि सहभागी भएका छन् । महासंघका सातवटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ३ : २० बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको