प्रमाणित सूचना नागरिकसम्म पुर्‍याउनुपर्छ : कानुनमन्त्री शर्मा « Khabarhub

प्रमाणित सूचना नागरिकसम्म पुर्‍याउनुपर्छ : कानुनमन्त्री शर्मा


३० भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रमाणित सूचना आम नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको आज सौराहामा उद्घाटन गर्दै उनले तस्वीरले प्रमाणित सूचना दिने बताए ।

पहिले-पहिले खिचेका तस्वीरको दस्तावेजीकरण गर्दै त्यसै कामलाई परिस्कृत ढङ्गले अहिले तस्वीर लिने गरेको जनाउँदै उनले तस्वीरले यथार्थ समाचार दिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सिजएना अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, नेकपा (एमाले) चितवनका सचिव प्रकाश खनाल, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आज बन्दसत्र गरी शुक्रबार बिहान नयाँ कार्यसमिति चयन गरेर महाधिवेशन सम्पन्न हुँदै छ । उद्घाटनसत्र हुनुअघि सौराहामा प्रभातफेरीको आयोजना गरिएको थियो । महाधिवेशनमा चार सय हाराहारी  प्रतिनिधि सहभागी भएका छन् । महासंघका सातवटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिए ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ३ : २० बजे

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी

फापरखेतको पहिरोले पश्चिम म्याग्दीको यातायात प्रभावित

म्याग्दी– म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम