अग्निपथ योजनाबारे नवनिर्वाचित सरकारले नै निर्णय गर्छ : परराष्ट्र मन्त्रालय « Khabarhub

अग्निपथ योजनाबारे नवनिर्वाचित सरकारले नै निर्णय गर्छ : परराष्ट्र मन्त्रालय


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका विषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावना नरहेको स्पष्ट पारेको छ ।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन् ।

अहिले सरकार पूर्ण रूपमा निर्वाचनको तयारीमा लागेकाले र यस विषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि अहिले कुनै निर्णय नहुने उनको भनाइ छ । उनले नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने रहेको जानकारी दिइन् ।

प्रवक्ता लम्सालले प्राकृतिक प्रकोपमा फसेको पाकिस्तानलाई मानवीय हिसाबले नेपालले सक्ने सहयोग गरेको र आगामी दिनमा सहयोग आदान प्रदान हुने बताइन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ३ : ४६ बजे

अमेरिका–इरान शान्ति वार्ता पहल जारी, पाकिस्तानी मन्त्री तेहरानमा

तेहरान – युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई

चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो एफए कपको उपाधि

काठमाडौं – म्यानचेस्टर सिटीले एएफए कपको उपाधिमा जितेको छ ।

लहानलाई खुला दिशामुक्त बनाउने अभियान सुरु

सिरहा – यहाँको लहान नगरपालिकाभित्र रहेका २० हजार ५७७ घरपरिवारमध्ये

आईपीएल : गुजरातलाई कोलकाताले दियो २४८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिगअन्तर्गत कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन

भक्तपुर – ‘स्थानीय उत्पादन, स्थानीय बजारमा’ भन्ने नाराका साथ आज