प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाइयो « Khabarhub

प्रतिनिधिसभाबाट चार विधेयक समितिमा पठाइयो


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाले विभिन्न चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकामा सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो । 
 
त्यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योगमन्त्री गौरी कुमारीले ‘खानी तथा खनिजपदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरे।
 
ती प्रस्तावलाई पनि सभाले सर्वसम्मत रुपबाट स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भोलि भदौ ९ गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ । 
 

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ६ : ०९ बजे

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न