पाकिस्तानमा बाढी : थप ५ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी : थप ५ जनाको मृत्यु


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढीमा परी गएको २४ घन्टा यतामात्र पाँच जनाको ज्यान गएको छ । साथै बाढीमा परेर अरु कैयौँ व्यक्ति घाइते भएका बताइएको छ । बितेका दुई महिनामा यहाँका एक हजार चार सय ८६ को बाढीबाट ज्यान गएको छ ।

त्यसैगरी पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले यहाँका हजारौँ व्यक्ति बाढी र पहिरोमा परेर घाइते भएका जानकारी दिएको छ ।

पाकस्तिानको दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा २४ घन्टा यतामात्र यस बर्षा र बाढीमा परीमा तीन व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी खैबर पाख्तुन्ख्वा प्रान्तमा यस प्रकोपको कारण दुई व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ ।

यहाँका तीन करोड ३० लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । हजारौँ घर बाढीले बगाएको र लाखौलाख नागरिक घरबिहनी भएर आश्रय लिइरहेका छन् । उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वा, पञ्जाव प्रान्तमा पनि बाढीले असर गरेको छ ।

सबैभन्दा बढी सिन्धमा र त्यसपछि बलुचिस्तान, गिलगिट र बाल्टिस्तान क्षेत्र बाढीको चपेटामा परेका छन् ।बाढीबाट देशको भौतिक संरचनामा पनि अकल्पनीय क्षति पुगेको यहाँका अधिकारीले जनाएका छन् । बाढीले निम्त्याएको विनाशसँगै १२ अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ४ : ११ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने