‘राष्ट्रिय मुद्रा सङ्ग्रहालयले मुलुकको प्राचीन सभ्यताको मापन गर्छ’ « Khabarhub

‘राष्ट्रिय मुद्रा सङ्ग्रहालयले मुलुकको प्राचीन सभ्यताको मापन गर्छ’


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको प्राचीन सभ्यता, इतिहास, संस्कृति तथा सभ्यतालाई मापन गर्न तत्कालीन मुद्राले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

छाउनीस्थित राष्ट्रिय मुद्रा सङ्ग्रहालयको नवनिर्मित प्रदर्शनी कक्षको आज उद्घाटनका क्रममा मन्त्री श्रेष्ठले देशको इतिहासलाई क्रमबद्धरुपमा झल्काउने प्रमुख स्रोतका रुपमा प्राचीनकालमा विकसित मुद्रा तथा सङ्ग्रहालयको महत्व हुने उल्लेख गर्दै उक्त कक्षमा इतिहास दर्शाउने मुद्राको संकलन गरिनु उपलब्धि भएको बताए । 

नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्वका अध्येता, अनुसन्धानकर्ता र शोधकर्ताका लागिसमेत उपयोगी हुने विचार व्यक्त गर्दै मन्त्री श्रेष्ठले सो सङ्ग्रहालय पर्यटनका लागि  आकर्षणको केन्द्र रहेको बताए ।

उनले मुलुकको इतिहास सङ्ग्रहालयमा देखिने भएकाले यसलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए । सङ्ग्रहालयको विकासका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले सो अवसरमा जानकारी दिए ।

सङ्ग्रहालयमा सङ्कलित मुद्रालाई नेपालको ऐतिहासिक कालखण्डअनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने इसापूर्व पाँचौँ शताब्दीदेखि इसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्का सङ्ग्रहालयमा राखिएका छन् । सङ्ग्रहालयमा भारतमा बेलायतको औपनिवेशकालका चाँदीका मोहरको माला तथा औँठी पनि राखिएका छन् । छाला तथा माटोका मुद्रा रहेको सङ्ग्रहालयमा राखिएका मुद्रा सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियमलगायत धातुबाट बनेका छन् ।

सङ्ग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा महँगो मुद्राका रुपमा ‘गिनिज बुक अफ वल्ड रेकर्ड’मा समेत सूचिकृत भएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय मुद्रा सङ्ग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहाससम्बन्धी पुस्तक विमोचन गरिएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ५ : ५१ बजे

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२