आर्थिक वर्षको पहिलो महिना : सेवा आय ११ अर्ब ६ करोडले घाटामा  | Khabarhub Khabarhub

आर्थिक वर्षको पहिलो महिना : सेवा आय ११ अर्ब ६ करोडले घाटामा 


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा खुद सेवा आय ११ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १० अर्ब १३ करोडले घाटामा रहेको थियो ।

सेवा खाता अन्तर्गत गत साउन महिनामा भ्रमण आय ५६.० प्रतिशतले वृद्धि भई २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउन महिनामा सेवा खाता अन्तर्गत भ्रमण व्यय ८३.८ प्रतिशतले वृद्धि भई १० अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ७ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५ अर्ब ४७ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ६ : ०४ बजे

ओलीको विकल्प देउवा होइनन्, गठबन्धनको औचित्यमा प्रश्न उठ्यो

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी पुस्ताले प्रतिक्रियास्वरूप भ्रष्टाचारको

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले दिए राजीनामा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले राजीनामा दिएका छन् ।

पोखरा महानगरपालिका कार्यालयमा आगजनी

काठमाडौं– प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । जेनजी

भैंसेपाटीस्थित मन्त्री निवास परिसरमा छिरे प्रदर्शनकारी

काठमाडौँ- ललितपुरको भैंसेपाटीस्थित संघीय सरकारका मन्त्रीहरूको निवासमा प्रदर्शनकारी छिरेका छन्

रास्वपाको अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अर्घाखाँचीमा रहेको पार्टी कार्यालय तोडफोड