जबरालाई कुनै पार्टीले बोक्नु गलत : पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ « Khabarhub

जबरालाई कुनै पार्टीले बोक्नु गलत : पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै पार्टीले बोक्न नहुने तर्क गरेका छन् । प्रतिनिधिसभाको महाभियोग सिफारिस सिमितिले बिहीबार अधिवक्ताहरूलाई बोलाएर गरेको छलफलको क्रममा पूर्वन्यायाधीवक्ता श्रेष्ठले गलत प्रवृत्तिको प्रोत्साहन गर्दा आफैंलाई नोक्सान हुने बताएका हुन् ।

‘कुनै अमुक पार्टीले बोक्नु हुँदैन । यो त एउटा इतिहास हो । गलत काम गर्नेलाई इतिहासले माफ गर्दैन । संविधान फाल्ने हो भने महाभियोग पास नगरे हुन्छ तर संविधान जोगाउने हो भने महाभियोगको यो कदमबाट पछि हट्नु हुँदैन । यो संविधान जोगाउने कसरत हो । अहिलेसम्म जबराले गरेका फैसला हेर्ने हो भने संविधानलाई कसरी तोडमरोड गरिएको छ भन्नेबारे थाहा हुन्छ,’ उनले भने ।

३५ बुँदे अभियोगमा दुईरचार मुद्दा उल्लेख गरेको भन्दै उनले ती मुद्दामा निलम्बित प्रधानन्यायाधीश जबराले ठूलो मात्रामा लेनदेन गरेको आरोपसमेत लगाएका छन् ।

कतिपय मुद्दामा कागज भएको र कतिमा चेक लिएको उनको आरोप छ । उनको कारण वकिलले न्यायाधीशलाई कारबाही गर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ८ : २२ बजे

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको

स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बिमा कार्यक्रमको

कर्णाली याक्सलाई ‘एभर राइज’को साथ

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने कर्णाली याक्स टोलीका

कैलालीबाट दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर – अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

बाजुरामा पहिरोले दुई घर बगायो

बाजुरा – जिल्लाको गौमुल गाउँपालिका-३ कटीगाउँमा आज दिउँसो वर्षासँगै आएको