भारतीय सेनाले जम्मु कश्मीर र लद्दाखका ६ सय विद्यार्थीलाई छात्रवृत्ति दिने « Khabarhub

भारतीय सेनाले जम्मु कश्मीर र लद्दाखका ६ सय विद्यार्थीलाई छात्रवृत्ति दिने


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जम्मु कश्मीर र लद्दाखमा विभिन्न विद्यालयहरु सञ्चालन गर्दै आएको भारतीय सेनाले त्यहाँका ६ सय विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।

भारतीय अनलाइन सञ्चारमाध्यम द प्रिन्टका अनुसार यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत भारतका यी दुई युनियन टेरिटरीका ६ सय विद्यार्थीहरुलाई मुलुकका अन्य स्थानमा विश्वविद्यालय स्तरको शिक्षा प्रदान गरिनेछ ।

भारतीय सेनाको उत्तरी कमाण्डले सन् २०२१ मा सुरु गरिएको ‘जम्मु कश्मीर र लद्दाख विशेष छात्रवृत्ति कार्यक्रम’ अनुसार ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको द प्रिन्टले जनाएको छ ।

आर्थिक रुपमा कमजोर विद्यार्थीलाई मात्र यस किसिमको छात्रवृत्ति दिइने जनाइएको छ । यसबाहेक छात्रवृत्ति पाउने विद्यार्थीले सुरक्षा जोहो र भर्नाका लागि ३० हजार भारतीय रुपैयाँ तिर्नुपर्ने प्रावधान रहेको छ ।

गत वर्ष यस कार्यक्रमअन्तर्गत ३११ जना विद्यार्थीले छात्रवृत्ति पाएका थिए ।

छात्रवृत्तिका लागि ठूलो संख्यामा विद्यार्थीहरुले आवेदन दिएका कारण यस वर्ष छात्रवृत्ति पाउने विद्यार्थीको संख्या बढाइएको हो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ९ : ०५ बजे

नेपाल-भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार

तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस

काठमाडौं– काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३-८४ का लागि कक्षा ११ र

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

काठमाडौं – दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा जारी द्वन्द्व र असुरक्षाका कारण

संसदमा कुस्ती खेल्ने सांसदलाई मनोविदका ५ सुझाव : माइण्ड मेकअपदेखि सात्विक आचरणसम्म

काठमाडौं- लोकतान्त्रिक व्यवस्थामा संसद् केवल कानुन निर्माण गर्ने थलो मात्र

सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छ : प्रदेश प्रमुख मियाँ

गोदावरी– सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिमको समग्र विकासका लागि