पाकिस्तानमा सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा चार प्रहरी निलम्बित « Khabarhub

पाकिस्तानमा सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा चार प्रहरी निलम्बित


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा एक जना सर्वसाधारणलाई ‘यातना दिएको’ आरोपमा प्रहरी चौकी प्रमुख सहित चार प्रहरी निलम्बनमा परेका छन् ।

पाकिस्तानको रावलपिण्डी सहरस्थित प्रहरी कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीहरु निलम्बनमा परेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

आफूले सञ्चालन गर्दै आएको स्नूकर क्लबमा प्रहरी आएर आफूलाई धम्की दिएको र क्लब नै बन्द गर्न उर्दी जारी गरेको पीडितको भनाइ छ । साथै उनले प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको र आफूलाई यातना दिएको समेत बताएका छन् ।

पीडितले उजुरी दिएसँगै अनुसन्धानपछि नजिकै सदिकाबादमा रहेको प्रहरी चौकीका प्रमुख ताहिर रेहान र उनी मातहतका अरु तीन जवानलाई निलम्बन गरिएको डनले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ९ : १७ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६