राजदूत वाग्ले र बहराइनका श्रम मन्त्री अलीबीच भेटवार्ता  « Khabarhub

राजदूत वाग्ले र बहराइनका श्रम मन्त्री अलीबीच भेटवार्ता 



दोहा – नेपाली राजदूत तीर्थराज वाग्लेले बहराइनका श्रम मन्त्री जमील मोहम्मद अली हुमैदानलाई भेट गरेका छन्।

श्रम मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र बहराइनबीचको विविध पक्षसहित खासगरी श्रमसम्बन्धी समस्या समाधानका विषयमा छलफल भएको मनामास्थित नेपाली दूतावासले जनाएको छ।

सन् २००८ मा भएको नेपाल-बहराइन श्रम सम्बन्धी समझदारीलाई समय सापेक्ष परिमार्जन गर्ने विषयमा छलफल भएको जनाइएको छ। साथै, बहराइनमा कार्यरत नेपाली कामदारका हकहित प्रवर्धन, सचेतना, तालिम तथा व्यवस्थित रोजगारीको विषयमा पनि कुराकानी भएको बताइएको छ।

भेटमा दूतावासका उप- नियोग प्रमुख अरुणा घिसिङ र श्रम सहचारी जमुना काफ्ले पनि उपस्थिति रहेको थियो। राजदूत वाग्ले आफ्नो कार्यभार सम्हाल्न २०७९ श्रावण १६ अर्थात् १ अगस्टमा बहराइन पुगेका थिए।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ४० बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित