महिला साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश « Khabarhub

महिला साफ च्याम्पियनसिप : नेपाल फाइनलमा प्रवेश


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो । महिला साफको इतिहास भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो ।

यस अघि नेपालले महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता समेत रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले निर्णायक गोल गरिन् । प्रीति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गरिन् । अब नेपालले फाइनलमा बङ्गलादेशको सामना गर्नेछ । 

फाइनल खेल सोमबार हुनेछ । पहिलो सेमिफाइनलमा भुटानलाई ८-० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ३४ बजे

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु