महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का आज बेलायत जाँदै « Khabarhub

महारानीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री खड्का आज बेलायत जाँदै


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा.नारायण खड्का बेलायती महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन आज बेलायत प्रस्थान गर्ने भएका छन्।

बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बेलायतको राजधानी लण्डन पुगेर उनले महारानीलाई श्रद्धाञ्जलि दिने र ल्यान्कास्टर हाउसमा शोक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।

भदौ २३ गते निधन भएकी महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ।

नेपालको पहिलो दैत्य सम्बन्ध कायम भएको मुलुक बेलायतकी महारानीको निधन भएपछि नेपाल सरकारले शोक व्यक्त गर्दै तीन दिन राष्ट्रिय झण्डा आधा झुकाएको थियो।

महारानीको निधन भएसँगै उनका जेठा छोरा, प्रिन्स चार्ल्स, नयाँ राजा बनेका छन्। बकिंघम दरबारमा राजाको स्वागत समारोह तथा विदेश मामिला मन्त्रीले आयोजना गर्ने स्वागत समारोहमा पनि मन्त्री खड्का सहभागी हुनेछन्।

उनी आगामी असोज ५ गते स्वदेश फर्किने छन्।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : २४ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको