काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध | Khabarhub Khabarhub

काठमाडौँका सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनमा निषेध गरिएको छ।

महानगरपालिकाको ११ औं अधिवेशनले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यन्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार शनिबार (असोज १ गते)देखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु सुल्पा, कक्कडका साथै कच्चा सुर्ती, खैनी, गुट्खालगायत पदार्थ सेवन गर्न निषेध गरेको हो।

महानगरपालिकाले यसअघि नै सूचना निकालेर कानुन उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट निकाल्ने वा एक सय रुपैयाँसम्म जरिबाना गर्ने जनाएको छ। सार्वजनिक ठाउँलाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ४२ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका