वर्षापछि कैलाली पूर्वी क्षेत्रका बस्ती डुबानमा « Khabarhub

वर्षापछि कैलाली पूर्वी क्षेत्रका बस्ती डुबानमा


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

धनगढी – बिहीबारदेखिको वर्षा पछिको बाढीले कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ। वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यसक्षेत्रका बस्तीहरू डुबानमा परेको कैलाली प्रहरीले जनाएको छ।

कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका दुई सय ५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिण पूर्वी टोलका दुई सय ५० घर डुबानमा परेको बताइएको छ। डुबानमा मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको बहाव बढ्ने क्रम जारी रहेकाले सतर्क रहन आग्रह गरिएको छ।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बालकोटस्थित भिमदत्त राजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको छ।

प्रहरी निरीक्षक धर्म सिंह बिस्टको कमान्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ। पहिरोले बाटो अवरुद्ध गर्दा सानो ठूलो गरी ९-१० वटा गाडी रोकिएको कैलाली प्रहरी प्रवक्ता जोशीले बताए।

भिमदत्त राजमार्गको अन्य  ४-५ स्थानमा पनि सा–साना पहिरो गई सडक अवरोध भएका छन्।

-न्युजकारखानाबाट

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ४३ बजे

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ