कञ्चनपुरमा ३ सयभन्दा धेरै घर डुबानमा, स्थानीयलाई सुरक्षित स्थानमा लगिँदै « Khabarhub

कञ्चनपुरमा ३ सयभन्दा धेरै घर डुबानमा, स्थानीयलाई सुरक्षित स्थानमा लगिँदै


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- लगातारको वर्षापछिको बाढीले कञ्चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा परेका छन्।

मोहना, दोदा, बनहरा नदीको बाढीले शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाको बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बाढीमा फसेका शुक्लाफाँटा–१२ दुवाहाका ४ परिवारका १६ जनाको उद्धार गरिएको डीएसपी चक्रबहादुर शाहीले जानकारी दिएका छन् ।

शुक्लाफाँटा–११ बनहरा शिविरमा २५ घर, वडा नं. १२ दुवाहामा ४ घर, कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीमा ६०-७० घर, वडा नं. ४ मा ७०-८० घर, बेलौरी–५मा ३ घर र लालझाडी–३ मा १००–१५० घर डुबानमा परेका छन्।

बाढी प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। ‘बाढी प्रभावित बस्तीमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका छौं, शुक्लाफाँटा र कृष्णपुरका बाढी प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा राखी सकेका छौं,’ उनले भने, ‘लालझाडीमा उद्धारको काम भइरहेको छ।’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ११ : २२ बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै