अछाम पहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो « Khabarhub

अछाम पहिरोमा मृत्यु हुनेको संख्या १५ पुग्यो


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

अछाम – अविरल वर्षापछिको पहिरोमा परी अछाममा मृत्यु हुनेको संख्या १५ पुगेको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै कमलबजार नगरपालिकाका रहेका छन्। नगरको वडा नं. ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ।

यस्तै तुर्माखाँद गाउँपालिकामा २ जना र ढकारी गाउँपालिकामा १ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ।

पहिरोमा परेका ८ जनाको अवस्था अज्ञात रहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए। बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिकाका ७ जना र ढकारी गाउँपालिकाका एक जना रहेका छन्।

पहिरोले तुर्माखाँद र कमलबजारमा २-२ घर र ढकारीमा एक घर पुरिएको छ। त्यहाँका अन्य घर र बस्ती जोखिममा रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १२ : ०९ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले