‘अदालतले संसद् विघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत आएन’ « Khabarhub

‘अदालतले संसद् विघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत आएन’


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वोच्च अदालतले दुई/दुई पटक संसद बिघटनलाई असंवैधानिक भने पनि एमालेलाई चेत नआएको बताएका छन् । 

प्रतिनिधिसभाको शनिबारको बैठकमा खनालले अदालतले दुई/दुई पटक संसद् विघटन असंवैधानिक हो भनेर भन्दा पनि एमालेको चेत नखुलेको भन्दै आगामी निर्वाचनको परिणामले एमालेको चेत खुल्ने बताए । उनले यसअघिको पाँच वर्षे ४१ महिना पुग्दा नपुग्दै सरकार ढल्नुको कारण प्रतिपक्षी दल नभई एमाले नभई आफैँले ढालेको बताए । खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्ने धारणा राखे ।

वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने बताए । 

खनालले नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको बताए । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ४३ बजे

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका