पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति | Khabarhub Khabarhub

पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिनन ठाउँमा असर गरेको छ । अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा बिगार गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।

चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुनेकै वडा नम्बर ९ रागमा विद्यापुर खोलाको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए। उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरहरूमा क्षति पुगेको छ। साथै चौकुनेकै ४ नम्बर वडाका केही बस्तीहरूमा क्षति पुगेको छ।

‘चौकुने ४ मा २ वटा घर उच्च जोखिममा छन्। ३ नम्बर वडाको गोर्भामा आएको पहिरोले ७ वटा घर उच्च जोखिममा छन् भने बेतान खोलबाट आएको बाढीले ३ सय रोपनी खेत बगरमा परिणत भएको छ। यस्तै, चौकुने १० घाटगाउँमा आएको बाढीले धीरबहादुर शाही लगायतका केही घरहरु उच्च जोखिममा छन्।’

चौकुने अध्यक्ष विकले बाढीमा परेर हालसम्म कुनै मानवीय क्षति नभएको बताए। उनले बाढीबाट प्रभावित स्थानीयहरुलाई उद्धार गरेर सुरक्षित स्थानमा सार्ने र पाल तथा खाद्यान्नको व्यवस्थापन गरिरहेको र पीडितहरूलाई थप राहत वितरण गर्ने तयारी रहेको जानकारी दिए। साथै बाढी र पहिरोले चैकुने गाउँपालिकाभित्रका सबै ठाउँमा सडक अवरुद्ध गरेको छ।

यस्तै, पञ्चपुरी नगरपालिका–१० आएको बाढीले डिलबहादुर बुढा र गगने बुढा लगायतको घरमा बाढीले पूर्णरुपमा क्षति पुर्याएको छ। सोही स्थानका नगेन्द्र शाहीको फर्ममा पसेको बाढीले कुखुरा बगाएको छ। गल्फ खोलामा आएको बाढीले धार परिवर्तन गरेपछि फर्ममा क्षति पुगेको हो।

बराहताल गाउँपालिकामा पर्ने लेखगाउँमा आएको बाढीले लीलबहादुर सलामीको घरमा पनि क्षति गरेको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ४८ बजे

अबोध युवामाथि गोली बर्साउने सरकारलाई धिक्कार छ : सोविता गौतम 

काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र

आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार भएको आन्दोलनमा घाइते भएका

पोखरामा निषेधाज्ञा जारी

गण्डकी– जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र

घाइतेहरूले भरिए काठमाडौँका अस्पताल, मृतकको संख्या बढेर नौ पुग्यो

काठमाडौँ– जेन-जीको नाममा सोमबारदेखि सुरू भएको प्रदर्शन उग्र र हिंसात्मक

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी