पाकिस्तानमा बाढी : हालसम्म १५ सयभन्दा धेरैको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा बाढी : हालसम्म १५ सयभन्दा धेरैको मृत्यु


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडीएमएले जारी गरेको पछिल्लो प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् । बाढीबाट देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित भएको छ । यस प्रकोपमा परी सिन्धमा मात्रै छ सय ७८ जनाको मृत्यु भएको बताइएको छ ।

सिन्धपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू सबैभन्दा प्रभावित छन् । यी प्रान्तहरुमा क्रमशः तीन सय ६ दुई सय ९९ जनाको मृत्यु भएको जनाइएको छ । यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्वस्त भएका र नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ ।

यस मौसमी वर्षा र बाढीका कारण १२ हजार सात सय ३५ किलोमिटर सडक र तीन सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बाढीबाट प्रभावित भएका एनडीएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : २२ बजे

चितुवाको छालासहित दुई जना पक्राउ

ललितपुर– ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित आगमन थकाली चुलो एण्ड क्याफेबाट चितुवाको छाला जस्तो

बीपी राजमार्ग अवरुद्ध

 धुलिखेल– वर्षाका कारण बीपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सुर्खेत– आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२

पूर्णबहादुरको निवासमा गगन र विश्वप्रकाश, आगामी महाधिवेशनको कार्यतालिकाबारे कुरा हुँदै

काठमाडौं- नेपाली काङ्ग्रेसका दुईजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा

पछिल्लो तीन महिनामा ५० अर्ब ६० करोड सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को सुरुआती तीन महिनामा रू