चीनको फलाम खानीमा बाढीको पानी पस्यो, १४ जनाको मृत्यु « Khabarhub

चीनको फलाम खानीमा बाढीको पानी पस्यो, १४ जनाको मृत्यु


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा एउटा फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको छ । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढीको पानी पसेको हो ।

उक्त फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा अरु एक जना हराइरहेको बताइएको छ ।

यो महिनाको प्रारम्भमा त्यहाँ बाढीको पानी पसेर उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

खानीमा के कारणले बाढीको पानी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जानकारी दिएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ ।

चीनमा हरेक वर्ष खानी दुर्घटना हुने गरेका छन् । खानी क्षेत्रमा सुरक्षाको उचित व्यवस्था नहुँदा यस्तो दुर्घटना हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ५० बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

जानकी– बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु

काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन

काठमाडौं– नेपाल प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा शुक्रबार भएको

माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु

सिमकोट– हुम्लाको सर्केगाड गाउँपालिकामा पर्ने थाग्णामा कर्णाली करिडोर माथिबाट खसेको

कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्न- डिजिटल कांग्रेसमा नअटाएका देउवा- शेखरको बाटो कता सोझिएला ?

बिहीबार राति १२ बजेदेखि नेपाली कांग्रेसको डिजिटल क्रियाशील सदस्यता अद्यावधिक

रास्वपा बागमती प्रदेश अधिवेशनमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत