एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची, भोलि आयोगमा बुझाउने | Khabarhub Khabarhub

एमालेले तयार गर्‍यो २२० जना समानुपातिक उम्मेदवारको सूची, भोलि आयोगमा बुझाउने


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले समानुपातिक उम्मेदवारहरूको टुंगो लगाएको छ । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको सूची टुंगो लगाएको हो ।

नेकपा एमालेका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले निर्वाचनका लागि २२० जनाको नामलिष्ट तयार गरेको जानकारी दिए । आगामी निर्वाचनका लागि प्रतिनिधि सभातर्फ ४० प्रतिशत हुने समानुपातिक उम्मेदवारको नाम पारित गरेको उनले जानकारी दिए । ११० जनाको नाम प्रस्ताव गरिएको र त्यसमा ५७ जना महिला हुने उनले जानकारी दिए ।

गुरुङका अनुसार प्रदेश नम्बर १ का लागि २० जना महिला नघट्ने गरेर ३७ जना,  मधेस प्रदेशमा २३ जना महिला नघट्ने गरी ४३ जना, बागमती महिला २४ जना नघट्ने गरी ४४  जना, गण्डकीमा १३ महिला नघट्ने गरी २४ जना, लुम्बिनीमा २० महिला नघट्ने गरी ३५ जना

कर्णालीमा ८ महिला नघट्ने गरी १६ जना, सुदूरपश्चिममा ११ महिला नघट्ने गरी २१ जनाको नाम तयार गरिएको उनले जानकारी दिए ।
सोमबार एमालेले बन्दी सूची आयोगमा बुझाउने उनले जानकारी दिए । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आयोगले आज र भोलिका लागि समय निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ०१ बजे

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने