जबरामाथिको अवरोध हटाउन मानव अधिकार आयोगको आग्रह « Khabarhub

जबरामाथिको अवरोध हटाउन मानव अधिकार आयोगको आग्रह


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ ।

आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगले गरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो ।

संविधानप्रदत्ता वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ ।

‘जुनसुकै व्यक्तिको पनि संविधान प्रदत्त वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको सम्मान गर्नुपर्ने राज्यको दायित्व हुन आउँछ । यस प्रकारका अधिकारहरूमा कुनै पनि बहानामा अवरोध पुग्नु हुँदैन भन्नेमा आयोग दृढ छ । अतः संविधान र कानूनमै टेकेर यस प्रकारको गतिरोध अन्त्य गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ’ आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले राणाको निवासमा आवत जावत गर्ने व्यक्तिको निगरानी गरिएको, आवासबाट बाहिर निस्कने सवारी साधन जाँचमा कडाइ गरिएको र राणाको सवारी स्कर्टिङ टोलीसमेत हटाइएको अनुगमनको क्रममा पाइएको जनाएको छ ।

आज सर्वोच्च जाने तयारीमा रहेको समयमा सरकारले घरबाट बाहिर निस्कन नदिएको आरोप जबराको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ३४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले