राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट « Khabarhub

राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटीका लागि दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन् । हलेसी तुवाचुङ नगरपालिका चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोटमा परेका छन् ।

एँेसेलुखर्क गाउँपालिकाका छवटा विद्यालय छनोट भएका छन् । चारकोठे भवन दुईवटा, दुईकोठे भवन दुईवटा र दुईवटा आइसिटीका लागि विद्यालय छनोट भएका हुन् ।

रावाबेँसी गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटीका लागि दुईवटा गरी चारवटा विद्यालय छनोट भएका छन् । खोटेहाङ गाउँपालिकामा चारकोठे एक, दुईकोठे तीन र आइसिटी दुई गरी छवटा विद्यालय छनोटमा परेका छन् ।

जन्तेढुङ्गा गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटी दुई गरी चारवटा विद्यालय छनोट भएका छन् । बराहपोखरी गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोट भएका छन् ।

केपिलासगढी गाउँपालिकामा चारकोठे दुई र दुईकोठे तीनवटा गरी पाँचवटा विद्यालय छनोट भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुईकोठे दुईवटा, आइसिटी चारवटा गरी छवटा विद्यालय छनोटमा गरिएको छ ।

साकेला गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन् । जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेको आधारमा विभिन्न ५३ वटा विद्यालय छनोटमा परेको हो ।

कार्यक्रमअन्तर्गत चारकोठे भवनका लागि रु ५० लाख, दुईकोठे भवनका लागि रु २५ लाख तथा आइसिटी भवनका लागि रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ । उक्त कार्यक्रमका लागि जिल्लामा रु १२ करोड ९३ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ वटा मावि, ६७ वटा निमावि र तीन सय ३० वटा आधारभूत गरी चार सय ९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लाका सबै विद्यालयलाई सम्बन्धित स्थानीय तहको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउन अभियान सुरु गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : १० बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका