राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट « Khabarhub

राष्ट्रपति शैक्षिक सुधारका लागि खोटाङका ५३ विद्यालय छनोट


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि खोटाङका ५३ वटा विद्यालय छनोट भएका छन् । नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका तीन हजार चार सय ७५ सामुदायिक विद्यालय छनोट हुँदा खोटाङका ५३ वटा विद्यालय परेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटीका लागि दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन् । हलेसी तुवाचुङ नगरपालिका चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोटमा परेका छन् ।

एँेसेलुखर्क गाउँपालिकाका छवटा विद्यालय छनोट भएका छन् । चारकोठे भवन दुईवटा, दुईकोठे भवन दुईवटा र दुईवटा आइसिटीका लागि विद्यालय छनोट भएका हुन् ।

रावाबेँसी गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटीका लागि दुईवटा गरी चारवटा विद्यालय छनोट भएका छन् । खोटेहाङ गाउँपालिकामा चारकोठे एक, दुईकोठे तीन र आइसिटी दुई गरी छवटा विद्यालय छनोटमा परेका छन् ।

जन्तेढुङ्गा गाउँपालिकामा चारकोठे एक, दुईकोठे एक र आइसिटी दुई गरी चारवटा विद्यालय छनोट भएका छन् । बराहपोखरी गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी तीन गरी छवटा विद्यालय छनोट भएका छन् ।

केपिलासगढी गाउँपालिकामा चारकोठे दुई र दुईकोठे तीनवटा गरी पाँचवटा विद्यालय छनोट भएका छन् । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुईकोठे दुईवटा, आइसिटी चारवटा गरी छवटा विद्यालय छनोटमा गरिएको छ ।

साकेला गाउँपालिकामा चारकोठे एक, दुईकोठे दुई र आइसिटी दुई गरी पाँचवटा विद्यालय छनोटमा परेका छन् । जिल्लाका १० वटै स्थानीय तहबाट आवेदन परेका विद्यालयहरूलाई शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले सिफारिस गरेको आधारमा विभिन्न ५३ वटा विद्यालय छनोटमा परेको हो ।

कार्यक्रमअन्तर्गत चारकोठे भवनका लागि रु ५० लाख, दुईकोठे भवनका लागि रु २५ लाख तथा आइसिटी भवनका लागि रु छ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ । उक्त कार्यक्रमका लागि जिल्लामा रु १२ करोड ९३ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय इकाइ खोटाङले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९६ वटा मावि, ६७ वटा निमावि र तीन सय ३० वटा आधारभूत गरी चार सय ९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । जिल्लाका सबै विद्यालयलाई सम्बन्धित स्थानीय तहको आर्थिक तथा प्राविधिक सहयोगमा धुलोरहित बनाउन अभियान सुरु गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : १० बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय