श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै तालिबानका पूर्व अधिकारीद्वारा सम्बन्ध विच्छेद « Khabarhub

श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै तालिबानका पूर्व अधिकारीद्वारा सम्बन्ध विच्छेद


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नी श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै अफगानिस्तानमा तालिबानका पूर्व अधिकारीले सम्बन्ध विच्छेद गरेका छन् ।

आफ्नी श्रीमतीको धार्मिक आस्था खस्किँदै गएको भन्दै तालिबानको आन्तरिक मामिला मन्त्रालयका पूर्व प्रवक्ता सइद खोस्तीले आफ्नी २४ वर्षे श्रीमतीसँग सम्बन्धविच्छेद गरेका हुन् ।

यसअघि काबुल चिकित्सा विश्वविद्यालयमा अध्ययनरत उनकी श्रीमतीले भिडियो सार्वजनिक गर्दै खोस्तीले आफूमाथि यौनजन्य हिंसा गरेको र जबरजस्ती विवाह गरेको आरोप लगाएकी थिइन् । फ्रन्टियर पोस्टका अनुसार उनले उक्त भिडियोमा ती तालिबान अधिकारीले आफूमाथि दुव्र्यवहार गरेको र आफ्नो शरीभर घाउको खत भएको बताएकी थिइन् ।

समाचारमा जनाइएअनुसार उनलाई आफ्नो फोनमा अफगान सुरक्षा बलका सैनिकको तस्वीर राखेको अभियोगमा थुनामा राखिएको थियो । सोही क्रममा खोस्तीले आफूमाथि दुव्यर्वहार गरेको उनको आरोप छ ।

त्यसपछि उनलाई खोस्तीसँग जबरजस्ती विवाह गराइएको फ्रन्टियर पोस्टले जनाएको छ ।

यता खोस्तीले भने ६ महिनाअघि आफ्नी श्रीमतीले नै आफूसँग विवाहको प्रस्ताव गरेको तर पछिल्लो समय उनको ‘धार्मिक आस्थामा समस्या’ देखेपछि सम्बन्ध विच्छेद गरेको जनाएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ४६ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण