श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै तालिबानका पूर्व अधिकारीद्वारा सम्बन्ध विच्छेद « Khabarhub

श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै तालिबानका पूर्व अधिकारीद्वारा सम्बन्ध विच्छेद


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नी श्रीमतीको ‘धार्मिक आस्थामा समस्या’ देखिएको भन्दै अफगानिस्तानमा तालिबानका पूर्व अधिकारीले सम्बन्ध विच्छेद गरेका छन् ।

आफ्नी श्रीमतीको धार्मिक आस्था खस्किँदै गएको भन्दै तालिबानको आन्तरिक मामिला मन्त्रालयका पूर्व प्रवक्ता सइद खोस्तीले आफ्नी २४ वर्षे श्रीमतीसँग सम्बन्धविच्छेद गरेका हुन् ।

यसअघि काबुल चिकित्सा विश्वविद्यालयमा अध्ययनरत उनकी श्रीमतीले भिडियो सार्वजनिक गर्दै खोस्तीले आफूमाथि यौनजन्य हिंसा गरेको र जबरजस्ती विवाह गरेको आरोप लगाएकी थिइन् । फ्रन्टियर पोस्टका अनुसार उनले उक्त भिडियोमा ती तालिबान अधिकारीले आफूमाथि दुव्र्यवहार गरेको र आफ्नो शरीभर घाउको खत भएको बताएकी थिइन् ।

समाचारमा जनाइएअनुसार उनलाई आफ्नो फोनमा अफगान सुरक्षा बलका सैनिकको तस्वीर राखेको अभियोगमा थुनामा राखिएको थियो । सोही क्रममा खोस्तीले आफूमाथि दुव्यर्वहार गरेको उनको आरोप छ ।

त्यसपछि उनलाई खोस्तीसँग जबरजस्ती विवाह गराइएको फ्रन्टियर पोस्टले जनाएको छ ।

यता खोस्तीले भने ६ महिनाअघि आफ्नी श्रीमतीले नै आफूसँग विवाहको प्रस्ताव गरेको तर पछिल्लो समय उनको ‘धार्मिक आस्थामा समस्या’ देखेपछि सम्बन्ध विच्छेद गरेको जनाएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ४६ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६