ईश निन्दाको विरोधमा पाकिस्तानमा प्रदर्शन | Khabarhub Khabarhub

ईश निन्दाको विरोधमा पाकिस्तानमा प्रदर्शन


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा ईश निन्दाको विरोधमा धार्मिक एवम् व्यापारिक संगठनहरुले प्रदर्शन गरेका छन् ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विभिन्न इस्लामिक संस्था एवम् व्यापारिक संगठनले ईश निन्दाको विरोधमा प्रदर्शन गरेको भारतीय अनलाइन पोर्टल द प्रिन्टले जनाएको छ ।

प्रदर्शनमा पाकिस्तानी इस्लामिक संघहरु अहलए सुन्नत वाल जमात, जमात ए इस्लामी, जमात उलेमा ए इस्लाम फज्ल लगायतको संलग्नता रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

यसअघि पाकिस्तानको खैबर पख्तुनख्वामा ईश निन्दाको आरोपमा एकजना सुरक्षाकर्मीलाई पक्राउ गरिएको थियो ।

उनले सामान्य विवादका क्रममा इस्लामविरोधी एवम् ईश निन्दाजन्य वक्तव्य दिएको आरोप छ ।

प्रदर्शनकारीले ईश निन्दा गर्नेविरुद्ध कठोर कारवाहीको माग गरेको जनाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ५२ बजे

प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी

काठमाडौं– काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजमा आगलागी भएको छ । कलेजको

इङ्गल्यान्डसँगको टेस्टमा भारतका लागि राहुल र पन्तको महत्त्वपूर्ण शतक

लिड्स – भारतले इङ्गल्यान्डसँगको पहिलो टेस्टमा जितका लागि ३७१ रनको

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानले कतारको अमेरिकी सैन्य बेसमा हानेको थियो १९ वटा मिसाइल

तेहरान – इरानले कतारस्थित सैन्य सुरक्षा बेसमा मिसाइल आक्रमण गरेपछि