मन्त्री कुँवर र राज्यमन्त्री सोडारीद्वारा बाढीप्रभावित क्षेत्रको निरीक्षण « Khabarhub

मन्त्री कुँवर र राज्यमन्त्री सोडारीद्वारा बाढीप्रभावित क्षेत्रको निरीक्षण


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

असोज- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री बलबहादुर सोडारीले कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् ।

मृत्यका सात परिवारलाई सरकार तर्फबाट ७ लाख रुपैयाँ र मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृत्यकका परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् ।

राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताए ।

राहत वितरण अघि श्रम मन्त्री कुँवर र राज्यमन्त्री सोडारी सहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनी बाढीबाट प्रभावित चार वटै स्थानको स्थलगत समेत अध्ययन गरेका थिए । आज थोरै मात्रामा राहत उपलब्ध गराएको पीडित परिवारको लागि आवस्यकता राहतको लागि भोलिबाट नै उपलब्धता गराउने उनले जानकारी दिए ।

कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने उनले बताए ।

शुक्रबार राती आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १० : ०७ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण