समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन | Khabarhub Khabarhub

समानुपातिकको बन्दसूची पेस गर्ने आज अन्तिम दिन


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ४ मंसिरमा तय भएको आमनिर्वाचनमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम दिन रहेको छ ।

पहिलो दिन आइतबार साना चार दलले मात्रै निर्वाचन आयोगमा सूची बुझाएका थिए । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दी सूची बुझाउनुपर्छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, लोकतान्त्रिक समाजवादीसहितका दलहरुले भने आज बन्दसूची बुझाउने भएका छन्।

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन्। निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ।

समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ। प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ५७ बजे

कोशी पर्यटन वर्ष : प्रचारप्रसारमा जुट्यो कोशी प्रदेश सरकार

काठमाडौं– कोशी प्रदेश सरकारले यस वर्षलाई ‘कोशी पर्यटन वर्ष’का रूपमा मनाउने

नेपाली कहिले धेरै भात खान्छन्, कहिले कम !

काठमाडौँ – धान नेपालीको प्रमुख खाद्यबाली हो । आन्तरिक उत्पादनले

इन्डोनेशियालाई नेपालले ३७० रनले हरायो 

काठमाडौं– एसीसी यू-१६ इस्ट जोन अन्तरगत नेपालले लगातार तेस्रो जित

खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक (तस्बिरहरू)

काठमाडौं– तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु, महालेखा कार्यालयले गर्‍यो सम्मान

काठमाडौं– शुन्य बेरुजु कायम गरेकोमा महालेखा परीक्षकको कार्यालयले काभ्रेको महाभारत