संविधान मास्ने शक्ति षयन्त्र गरिरहेका छन् : माधव नेपाल « Khabarhub

संविधान मास्ने शक्ति षयन्त्र गरिरहेका छन् : माधव नेपाल


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरू संविधानविरुद्ध लागिरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिए पनि उनीप्र्रति इंगित गर्दै नेता नेपालले भनेका छन्, ‘दुई दुई पटक असंबैधानिक रूपमा गरिएको संसद विघटन, स्वेच्छाचारिता, अहंकार, दम्भ एवम् अनेक खाले विकृतिविरूद्ध अघिल्लो वर्ष पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुनेछ ।’

आठौं संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको बताएका छन् । ‘जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ,’ उनले भनेका छन् ।

४ मंसिरमा तय भएको प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । ‘यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने प्रपन्च गरिरहेका छन्,’ उनले भनेका छन्, ‘हामीलाई पूर्ण विश्वास छ, जनआकांक्षा अनुरुप आर्थिक तथा सामाजिक समृद्धि हासिल गर्ने हाम्रो अभियानमा यहाँहरुबाट सहयोग, सद्‍भाव र सुझबुझपूर्ण निर्णय हुनेछ ।’

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : २३ बजे

डोल्पाको जगदुल्लामा राति सुतेका बेला पस्यो बाढी : एक महिलाको मृत्यु, ६ जना घाइते

डोल्पा- डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति आएको हिलोसहितको बाढीमा परी

संस्कृति संरक्षणमा सक्रिय स्थानीय सरकार

भोजपुर– पौवादुङमा गाउँपालिकाले स्थानीय मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा

बालेन्द्र शाह नेतृत्व सरकारको १०० दिन, परिणाममुखी कार्यान्वयन नै अबको परीक्षा : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र

तोलामा ४ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य सामान्य

बर्दिबास साक्षर नगर घोषणा

महोत्तरी– बर्दिबास नगरपालिका साक्षर नगर घोषणा भएको छ । योसँगै