सेती अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पतालमा लैजाऊ « Khabarhub

सेती अस्पतालले भन्यो- डा. केसीलाई बहुविशेषज्ञ अस्पतालमा लैजाऊ


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सेती प्रादेशिक अस्पताल धनगढीले एक सातादेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थामा जटिलता आउन सक्ने भन्दै थप उपचारका लागि बहुविशेषज्ञ भएको अस्पताल लैजान आग्रह गरेको छ ।

गत सोमबार ( २७ भदौ)देखि अनशन बसेका डा. केसीको मांसपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको हुनाले थप जटिलता हुन सक्ने हुनाले थप उपचारका लागि बहुविशेषज्ञ भएको विशिष्टीकृत अस्पतालमा स्थानान्तरणका लागि प्रादेशिक अस्पतालले सुदूरपश्चिम मानवअधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय तथा संघीय स्वास्थ्य मन्त्रालयलाई जानकारी गराएको छ ।

स्वास्थ्य क्षेत्रको सुधारका लागि यसअघि अनशन बस्दा सरकारसँग भएका सम्झौता र सहमति कार्यान्वयनको माग राखेर गत २७ भदौदेखि सेती प्रादेशिक अस्पतालमा २०औँ पटक अनशन बसेका हुन् ।

अस्पतालले उनको स्वास्थ्यमा जटिलता आउन सक्ने भन्दै सम्बद्ध निकायलाई जानकारी गराएका बेला नेपाल चिकित्सक संघले पनि डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

आइतबार विज्ञप्ति निकालेर संघले डा. केसीको जीवन रक्षा गर्न माग गरेको हो ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ५९ बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत