तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध « Khabarhub

तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।

मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अफगानिस्तानमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिबान नेतृत्वको सरकारले अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको छ ।

तालिबान सरकारका सञ्चारमन्त्री नाजिबुल्लाह हक्कानीले भने, “हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्‍यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।”

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : २९ बजे

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : कसलाई के भने ?

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६