तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध | Khabarhub Khabarhub

तालिबानद्वारा अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

तालिबान नेतृत्वको सरकार अन्तर्गतको दूरसञ्चार विभागका उच्च अधिकारीले टिकटकसँगै मोबाइलमा खेलिने पब्जी गेममा समेत प्रतिबन्ध लगाएको पुष्टि गरेका हुन् ।

मुस्लिम समुदायले अबलम्बन गर्ने सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई मध्यनजर गर्दै टिकटकमाथि प्रतिबन्ध लगाइएको तालिबानका अधिकारीहरुको भनाइ छ । प्रतिबन्ध लगाउने यो निर्णय आगामी कम्तीमा तीन महिना लागू हुने बताइएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अफगानिस्तानमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय यसअघि पनि भएको थियो ।

तालिबान नेतृत्वको सरकारले अहिलेसम्म अनैतिक र गलत सन्देश प्रवाह गरेको भन्दै दुई करोड ३० लाख वेभसाइट बन्द गरिदिएको छ ।

तालिबान सरकारका सञ्चारमन्त्री नाजिबुल्लाह हक्कानीले भने, “हामीले अहिलेसम्म दुई करोड ३० लाख ४० हजार वेभसाइट बन्द गरेका छौँ, एउटा बन्द गर्‍यो अर्को खुल्छ, यो हाम्रो लागि ठूलो चुनौती भएको छ ।”

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : २९ बजे

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर– कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ

बाढी र पहिरोको जोखिम : रातको समयमा बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। कात्तिक

आज २०८२ साल कात्तिक १४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १४ गते शुक्रबार। कात्तिक