आईसीसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल, भारत शीर्ष स्थानमा उक्लियो « Khabarhub

आईसीसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल, भारत शीर्ष स्थानमा उक्लियो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसिय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोली एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक एकदिवसिय वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले १९ रेटिङ पाउँदा १सय ५२ अंक पाएको छ । यस्तै, अघिल्लो वरियतामा १४ औं स्थानमा रहेको नेपाल पछिल्लो समय खेल खेल्न नपाउँदा एक स्थान खस्किएको हो ।

नेपालले यसअघि जनवरी अन्तिमतिर युनाइटेड अबर इमिरेट्स (युएई) सँग तीन एकदिवसिय खेलको शृङ्खला खेल्दा २–१ जित हात पारेको थियो भने त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसिय खेलेको छैन । तर, पनि अन्य टोलीहरुको प्रदर्शनका आधारमा नेपालको पनि तल माथि भएको हो ।

इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको भारत एकदिवसिय वरियताको शीर्ष स्थानमा उक्लिएको छ । भारत यसअघि दोस्रो स्थानमा थियो । त्यस्तै, दोस्रो स्थानमा इंग्ल्यान्ड र तेस्रो स्थानमा न्युजिल्याण्ड छ । यस्तै, टि–२० वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ५३ बजे

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न