संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने हल्लामा सत्यता छैन : कानुनमन्त्री कोइराला « Khabarhub

संक्रमणकालीन न्यायसम्बन्धी अध्यादेश ल्याउने हल्लामा सत्यता छैन : कानुनमन्त्री कोइराला


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन्।

मंगलबार एड्भोकेशी फोरमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताए।

उनले निर्वाचनपछि बन्ने सरकारले संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अहिलेको स्वरूपमा अघि बढाउनेमा आफू ढुक्क रहेको धारणा राखे। संक्रमणकालीन न्यायसम्बन्धी कानून निर्माणमा केही ढिलाइ मात्र भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । उनले इतिहासको विषय भएका कारण सबै पीडितको सत्य न्याय र परिपूरणको अधिकारको सुनिश्चित गर्न सफल हुने विश्वास व्यक्त गरे।

त्यस्तै मन्त्री कोइरालाले सरकारले विभिन्न मापदण्डका आधारमा द्धन्दपीडितको वर्गीकरण गरिएको जानकारी दिए।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ३५ बजे

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि