पाकिस्तानमा बाढी : थप १५ जनाको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा बाढी : थप १५ जनाको मृत्यु


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्ये एक शिशु र तीन जना महिला छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार देशका छुट्टाछुट्टै स्थानमा भएका बाढीजन्य घटनामा हालसम्म एक हजार पाँच सय ५९ जनाको मृत्यु भएको छ । बाढीजन्य घटनामा परी १२ हजार आठ सय ५० जना घाइते भएका छन् ।

देशभर परेको भीषण वर्षा र त्यसपछिको बाढीले १९ लाख ७९ हजार घर ध्वस्त भएका तथा नौ लाख ७३ हजार छ सय ३२ चौपाया मरेका छन् ।

बाढीले १२ हजार सात सय १६ किलोमिटर सडक र तीन सय ७४ वटा पुलमा क्षति भएको छ । बाढी प्रभावित क्षेत्रमा प्राधिकरण, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाले उद्धार तथा राहत सामग्री वितरणलाई निरन्तरता दिइरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : २५ बजे

घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका

निजी क्षेत्रको सुरक्षाका लागि गृहमन्त्रीको निर्देशन

काठमाडौं – भदौ २३ र २४ गतेको आन्दोलनपछि निजी क्षेत्रमा

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर– कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ

बाढी र पहिरोको जोखिम : रातको समयमा बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय