चिनियाँ कम्पनीद्वारा पाकिस्तानी जलविद्युत परियोजनाको मर्मत कार्य ठप्प | Khabarhub Khabarhub

चिनियाँ कम्पनीद्वारा पाकिस्तानी जलविद्युत परियोजनाको मर्मत कार्य ठप्प


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्पनीले पाकिस्तानको नीलम झेलुम जलविद्युत परियोजनामा मर्मतको काम ठप्प पारेको छ ।

पाकिस्तानको प्रशासनमा रहेको कश्मीरमा निर्मित ९६९ मेगावाट क्षमताको जलविद्युत परियोजनाबाट चिनियाँ कम्पनी पछि हटेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

उक्त परियोजनामा काम गर्ने इन्जिनियर एवम् अन्य कर्मचारीले काम गर्न छाडेको बताइएको छ । यसअघि विद्युत र ऊर्जाको अभाव भएदेखि गत जुलाई महिनायता उक्त परियोजना बन्द छ ।

उक्त परियोजनाको सुरुङमा समस्या देखिएको छ । चिनियाँ पक्षले स्थानीयहरुको विरोध प्रदर्शन र पाकिस्तान सरकारले उचित सुरक्षा बन्दोबस्त गर्न नसकेका कारण काम त्यागेको प्रतिक्रिया दिएको एएनआईले जनाएको छ ।

चिनियाँ पक्षले काम गर्न छाडेपछि हाल पाकिस्तान र चीनबीचको सम्बन्धमा चिसोपन आएको विश्लेषण गरिएको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ७ : २७ बजे

फार्स न्युज भन्छ, ‘इरान-इजरायल युद्ध विरामको कुरा झुटो हो’

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विरामको घोषणा गरे

इरानले भन्यो, ‘इजरायलले आक्रमण नरोकेसम्म युद्धविराम हुन सक्दैन’

तेहरान – इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने

ट्रम्पको युद्धविराम घोषणाले तेहरानमा रोकिएन इजरायली आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल-इरान युद्धविराम घोषणा गरे

तेलुगु नायक विजयविरुद्ध मुद्दा दायर

काठमाडौं – तेलुगु नायक विजय देवरकोन्डाविरुद्ध मुद्दा दायर भएको छ

प्रतिनिधिसभाबाट आज बजेट पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।